दफा २३
संरक्षित वन
(१) नेपाल सरकारलाई राष्ट्रिय वनको कुनै भाग विशेष वातावरणीय, वैज्ञानिक वा सास्कृतिक महत्वको वा अन्य विशेष महत्व भएको लागेमा त्यस्तो राष्ट्रिय वनको भागलाई संरक्षित वनको रुपमा घोषित गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम नेपाल सरकारले राष्ट्रिय वनको कुनै भागलाई संरक्षित वनको रुपमा घोषित गरेपछि त्यसको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्नु पर्नेछ ।